मिस इण्डियामा नेपाली रेवती


आगामी मार्च २८ मा भारतको मुम्बईमा हुन लागेको ६४ औं संस्करणको ‘मिस इण्डिया २०१५’ मा नेपाली मूलकी युवती रेवती क्षेत्रीसहित २१ युवती छनौंट भएका छन् । रेवती आसाम गुहाटीकी हुन् ।

Rewati Chetri

समाचार अनुसार उनले उत्तर पूर्वी भारतको प्रतिनिधित्व गर्दै फाइनल प्रतियोगितामा छनौंट भएकी हुन् । यसअघि सन् २०१३ मा उत्तर पूर्वी भारतकी सागरिका क्षेत्रीले प्रतियोगितामा ‘मिस ग्लोइङ स्किन’विधाको अवार्ड जितेकी थिईन् । दुई वर्षको अन्तर पछि रेवती उत्कृष्ठ २१ मा परेकी हुन् ।

अठार वर्ष उमेरकी रेवती पाँच फुट ८ इञ्चकी छिन् र उनलाई बेली डान्स निकै मनपर्दो रहेछ । प्रतियोगिताको विजेताले मिस वल्र्ड २०१५ मा र फष्ट र सेकेण्ड रनरअपले क्रमशः मिस इन्टरनेशनल २०१५ तथा मिस ग्राण्ड इन्टरनेशनलमा सहभागिताको अवसर पाउनेछन् ।

मिस इण्डिया २०१५ का लागि १२ सिटीमा अडिसन, तीन क्षेत्रीय अडिसन, दुई सिटी पिजेन्ट र मुम्बई फाइनल अडिसन गरिएको थियो ।

रेवती छेत्रीको ग्ल्यामरस तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉