कलाको सांगीतिक कला


Kala Chemjongकाठमाडौं । गायिका कला चेम्जोङले श्रोतामाझ डेब्यु एल्बम ‘कला’ श्रोतामाझ ल्याएकी छन् । विभिन्न कलेक्शन एल्बममा स्वर दिँदै आएकी कलाले आधुनिक गीत संग्रहित एल्बम ल्याएकी हुन् ।

करिब एक दशकदेखि हङकङमा बस्दै आएकी गायिका कलाले कलेक्शन एल्बमहरुमा गाएर बटुलेको अनुभवलाई आफ्नो एल्बममा सदुपयोग गरेको बताईन् ।

रुविशा क्रियशन वर्कस्ले ल्याएको एल्बम ‘कला’ मा पाँच गीत छन् । एल्बममा आइदेउ तिमी,, सिरानी हो मेरो साथी, मलाई हाँस्न सिकायौं, थाहै नपाई मनले, आज मेरो मनमा र बिर्सिनु कसरी बोलका आधुनिक तथा पप आधुनिक शैलीका गीत रहेका छन् । एल्बमको ‘आइदेउ तिमी’ बोलको गीतमा गायक कुशल थलङले कलालाई स्वरमा साथ दिएका छन्, जुन गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ । भिडियोमा अभिनेत्री करिश्मा मानन्धर र कुशलले अभिनय गरेका छन् ।

निलम आङबुहाङ राई, दिनेश सुब्बा, टंक सुब्बा, र उदय सुब्बाको शब्द रहेको एल्बममा दिनेश सुब्बा, उदय सोताङ, महेश खड्का र संगीत लिम्बू आङ्खेवाको संगीत रहेको छ । दिनेश गायिका कलाको संगीत गुरु पनि हुन् । करिब चार वर्षयता दिनेशसंँग हङकङमा संगीत सिक्दै आएको उनले बताइन् ।

SUBSCRIBE 👉