राजेशले गाउँदा दर्शक सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे


Rajesh Payal Raiशनिबार सुदुर पश्छिम कञ्चनपुरमा राजेश पायल राईले एउटै स्टेजमा तीन दर्जन भन्दा बढी गीत गाएका छन्। दर्शकहरुको मागमा उनले एउटै गीत ४ -४ पटक सम्म दोहर्याई – तेहर्याई गाए। कृष्णपुर स्थित सरस्वती माध्यमिक विध्यालयको सहयोगार्थ आयोजित सांगीतिक कार्यक्रममा राजेश पायल राईले २०,००० भन्दा बढी दर्शकहरुलाई आफ्ना चर्चित गीतहरु गाउँदै नचाएका छन्। कार्यक्रममा उपस्थित दर्शकहरुको वान्स मोर / वान्स मोर हुटिंग आएपछि उनले ‘दर्शन नमस्ते…, म त मर्छु की क्या हो ठुली …’ लगाएतका चर्चित गीतहरु ४-४ पटक सम्म दोहर्याई – तेहर्याई नगाई शुखै पाएनन्।

Rajesh Payal Raiसरस्वती माविलाई उच्च मावि बनाउँनका लागि आर्थिक सहयोग जुटाउँन कार्यक्रम गरिएको हो । उनले चर्चित गीतहरु ‘दर्शन नमस्ते…, सागर सरी चोखो माया…, बैगुनी रैछौ मायालु…, दिक्तेल बजार…, नौजाले मायाले… लगायतका गीतहरु गाएर दर्शकहरुलाई मनोरंजन दिए।

गायक राईले एउटै कार्यक्रममा यति धेरै गीत गाउँन पाउँदा खुसी लागेको बताएका छन्। उनले भने – ‘दर्शकहरुको मायाको हुटिंगमा रमाएपछि कति छिटो समय बित्यो पत्तै भएन।’

Rajesh Payal Raiकृष्णपुरमा पहिलो पटक एस्तो बृहत कार्यक्रम भएको स्थानीय कार्यक्रम संयोजक सागर नेगीले बताएका छन्। ‘यति धेरै दर्शकहरुको उपस्थितिमा कार्यक्रम यहाँ कहिल्यै भएको थिएन।’ उनले भने – उत्साहित दर्शकहरुको भिड नियन्त्रण गर्न स्वयं सेवक तथा प्रहरीलाई हम्मे हम्मे परेको थियो।

SUBSCRIBE 👉