डिस्चार्ज भए अम्बर गुरुङ


Ambar Gurungकाठमाडौं । गत फागुन ७ गते घरमा लडेर अचेत भएपछि राजधानीको ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका राष्ट्र गानका संगीतकार तथा नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठानका कुलपति अम्बर गुरुङ डिस्चार्ज भएका छन् । उनी २७ दिन अस्पताल बसेका थिए ।

केही वर्षता पार्किन्स र मधुमेहबाट पीडित गुरुङ अचेत भएर लडेपछि टाउको र हातमा चोट लागेको थियो । उनको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे, वरिष्ठ न्यूरो फिजिसियन डा. राजु पौडेल र वरिष्ठ न्यूरो सर्जन डा. अमित थापा, स्पिच थेरापिष्ट धर्म डंगोल, फिजियो थेरापिष्ट राजेश श्रेष्ठ लगायतको टोली थिए ।

SUBSCRIBE 👉