जुनियर स्कुल प्रिन्सेसको आवेदन खुला


काठमाडौं । वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले आयोजना गर्न लागेको चौथो संस्करणको ‘जुनियर स्कुल प्रिन्सेस–२०१५’को लागि आवेदन फाराम खुला गरिएको छ । आयोजकका अनुसार आगामी चैत्र १५ गतेसम्म इच्छुक युवतीले फाराम भर्न सक्नेछन् ।

Junior Schoolप्रतियोगीहरुको प्रशिक्षण १८ चैतबाट सुरु हुने आयोजक संस्था सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकास सम्बन्धी विभिन्न प्रशिक्षण दिईने छ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । प्रतियोगिताको फाइनल वैशाख १८ मा हुनेछ ।

प्रतियोगिताको विजेताले एक वर्षसम्म अध्ययनका लागि छात्रवृत्ति, मिनि ल्यापटप, मोवाईल, साईकल लगायतका विभिन्न उपहार प्राप्त गर्नेछन् ।

SUBSCRIBE 👉