कृष्णहरि र गैरेको सांगीतिक बिम्ब २


काठमाडौं । नौ वर्षपछि चर्चित गीतकार डा. कृष्णहरि बरालले संगीतकार गैरे सुरेशसँग सहकार्य गर्दै एल्बम ‘बिम्ब २’ बजारमा ल्याएका छन् । एल्बमको राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, संगीतकार दीपक जंगमलगायतले एल्बम सार्वजनिक गरेका हुन् ।

Bimba 2 Albumएल्बममा हेर्ने हजार आँखाहरु, माया गर्ने मान्छेले, यहाँ मन मिल्ने मान्छे, अपराध पो गर्नुहुन्न, हर चिज छ जीवनमा, चाहिँदैन सुख सयल र यस्तो मान्छे फेला परोस बोलका गीत छन् । गीतमा स्वरुपराज आचार्य, दीपक लिम्बु, मिलन अमात्य, सत्यराज आचार्य, एम बराल, रिना रानाभाट, निशा देशार र शोभा पाण्डेको स्वर रहेको छ ।

कार्यक्रममा निशाले गीत गाएकी थिईन् भने एल्बमको म्युजिक भिडियो पनि देखाइएको थियो । एल्बमलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो ।

Nisha Deshar

SUBSCRIBE 👉