बेलासेलाई मातृशोक


Gauthali Karkiकाठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हाँस्य टेलिश्रृखला ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की वेलासेलाई मातृशोक परेको छ । उनको माता गौथली कार्कीको उपचारका क्रममा आईतबार बिहान साँढे ५ बजे काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । ज्वरो आएका कारण उपचारका लागि अस्पताल भर्ना गरिएकी ६९ वर्षीया गौथलीको स्वास्थ्य उपचारकै क्रममा निधन भएको हो ।

स्व. गौथलीलाई केही समयदेखि दमको समस्या थियो । उनको सुवाससहित ४ छोरा र एक छोरी छन् । सुवास कान्छो छोरा हुन् । गौथलीको आईतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा कलाकारहरु आर्यघाट पुगी स्व. गौथलीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । सुवास दाजुहरुका साथ चण्डोलस्थित निवासमै आमाको क्रियाकर्ममा बसेका छन् ।

SUBSCRIBE 👉