रामकृष्णलाई साउथ एसियन म्युजिक अवार्ड


Ram Krishna Dhakalकाठमाडौं । दक्षिण एसियाली राष्ट्रहरुबीच संगीतका माध्यमले सुसम्बन्ध राख्ने उद्धेश्य सन् २०१३ मा स्थापना भएको साउथ एसियन म्युजिक अवार्डबाट गायक रामकृष्ण ढकाल सम्मानित भएका छन् । बंगलादेशको राजधानी ढाकामा गत चैत ६ गते उनले सम्मानसँगै एक हजार डलर नगद पनि पाएका छन् ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढकालले बंगलादेशमा अध्ययनरत चिकित्साशास्त्र र इन्जिनियरिङका शिक्षार्थीहरुमाझ गरिएको सर्भेमा आफु सबैभन्दा लोकप्रिय देखिएका कारण अवार्ड पाएको बताए । यो अवार्ड यसअघि बंगलादेशी गायकले पाएका थिए ।

‘यो सम्मान आफैमा एउटा गर्वलायक सम्मान हो ।’उनले भने । उनलाई बंगलादेशी प्रधानमन्त्रीका सल्लाहकार गोहेर रिज्वी, सांसद फजिल अटुन्सी बप्पी तथा ढाकास्थित नेपाली राजदूत हरिकुमार श्रेष्ठले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

गायक ढकालका अनुसार कार्यक्रममा उनले ‘बिहान उठ्ने बित्तिकै’, ‘मन पराउने हजार भेटिन्छन्’, ‘बाँचुञ्जेलीलाई’ र ‘ओराली लागेको’ गीत गाएका थिए ।

SUBSCRIBE 👉