सन्दिप बने मिष्टर नेपाल २०१५


बिबिएस अध्ययनरत २२ बर्षीय सन्दिप पोखरलले ‘मिष्टर नेपाल २०१५’ उपाधि चुमेका छन्। गोर्खाका पोखरेल ४० प्रतियोगी युवालाई पछि पार्दै १३ औ मिष्टर नेपाल बनेका हुन्। प्रतियोगीतामा पोखरेलले मिष्टर ह्याण्डसम, बेष्ट पर्सनालिटी र बेष्ट फिजिक्स जस्ता विधागत अवार्ड समेत हात पारे।
mr nepal 2015
विजेता पोखरेलले उपाधिका साथमा नगद एक लाख रुपैया, फिल्म विन्दास ३ अभिनयका अवसर पाउने भएका छन्। प्रतियोगीतामा प्रतिक लालवानी फष्ट रनर अफ र मिलन श्रेष्ठ सेकेण्ड रनर अफ घोषित भ । लालबानीले ह्याण्डसम, पर्सनालिटीसहित भियुर्स च्वाईस अवार्ड समेत जित्दा श्रेष्ठले भने फ्रेड्ली अवार्डमा चित बुझाए।

प्रतियोगीतामा सुजित आचार्य फोटोजेनिक, अजुरी दिमखान र शनी शाह फिजिक्स, अरुण केसी र प्रहिल कार्की मेक ओभर, गोपाल गज्मेर र वर्कास राई चर्मिङ ,राजेन्द्र रवाल बेष्ट ड्रेस, युमा लिब्बु बेष्ट स्क्रिन, दोष्त हरन लिब्बु मल्टिीमिडिया, बिजय केसी बेष्ट क्याटवाक, निरन अवाल र पवन गुरुङ स्पोर्ट घोषित भए।

चलचित्र निर्देशक उद्धव अविजित, राजु गिरी, मिष्टर नेपाल २०१४ का सुरज चिलुवाल, मिसेस राजधानी अनुकाली राणालयायत निणर्यक रहेको प्रतियोगीताको कोरीयोग्राफी चा“दनी लामिछानेले गरेकी थिइन्। प्रतियोगिता एक्सपोज नेपाल डटकमले गरेको हो।

SUBSCRIBE 👉