राष्ट्रकवि घिमिरे अभिनन्दित


काठमाडौं । महिला गीतकार संघले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई राजधानीमा अभिनन्दन गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरु लेखेर योगदान पु¥याएको भन्दै घिमिरेलाई अभिनन्दित भएका हुन् । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, उपकुलपति शम्भुजीत बासकोटा, प्रतिष्ठानकी परिषद सदस्य तथा महिला गीतकार संघकी अध्यक्ष उन्नति बोहरा ‘शिला’ले ताम्रापत्र, फुलामाला र दोसल्लाबाट राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरेका हु । अभिनन्दतस्वरुप राष्ट्रकविलाई ५० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो । कार्यक्रममै महिला गीतकारका तर्फबाट नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पहिलो पटक परिषद सदस्य भएकोमा अध्यक्ष उन्नती बोहरा ‘शिला’लाई बधाईपत्र दिइएको थियो।
Madhav Ghimireराष्ट्रकवि घिमिरेले महिलाहरुको पीर व्यथालाई यथार्थ रुपमा लेख्न महिला गीतकारले मात्र सक्ने बताए । उनले श्रीमती महाकाली घिमिरेको नारी भावना बुझेर आफुले महिला सम्बन्धि गीत लेख्न सकेको पनि खुलाए । नेपाल सँगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले पुरुषको तुलनामा गीत सृजना क्षेत्रमा महिलाहरु धेरै कम भएको बताए । प्रतिष्ठानले चाँडै महिला गीतकारहरुलाई समेटेर महिला गीतकार कोष प्रकाशनमा ल्याउने पनि उनले जानकारी गराए ।

अध्यक्ष बोहराले नेपाली गीतसँगीतको प्रारम्भ देखि नै महिला गीतकार, गायिकाहरुले योगदान दिएको चर्चा गरिन् । नारीहरुका लागि आफ्ना पीडा, कुण्ठा समस्या पोख्न गीत सृजना उपयुक्त माध्यम हुने अध्यक्ष बोहराले बताईन् । कार्यक्रममा गायिका मीरा राणा, सिन्धु राणा सहित गीतकार भद्रा कुमारी घले, उषा शेरचन, लक्ष्मी शर्मा, मेरिना स्मृति, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठ, जानुका ढकाल, सुधा बस्नेत, बाबा बस्नेत, ललिता दोषी, भागिरथी श्रेष्ठ, अनिता खड्का, मन्दिरा मञ्जुश्री, बिन्दू पहाडी, सकुन्तला प्रधान लगायतले आफ्ना गीतहरु सुनाएका थिए ।

SUBSCRIBE 👉