रतनको सांगीतिक नयाँ वर्ष आयो है


काठमाडौं । नयाँवर्ष २०७२ साललाई स्वागत गर्दै संगीतकार रतन चन्दले ‘नयाँ बर्ष आयो है’ नामक गीत सार्वजनिक गरेका छन्। आफ्नै शब्द र संगीतमा तयार पारिएको एल्बममा सुरेश राईले पनि सहयोग गरेका छन् ।
Albumराजधानीमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका महाशाखा प्रमुख प्रकाशजंग कार्की र नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गीतमा मिग्मा शेर्पा, गिरिश खतिवडा, सिमा संग्रौला तथा श्याम सामसुडले स्वर दिएका छन् ।

बिशेषत पप बेशमा रेकर्ड गरिएको यो गितमा विवेक मल्लले लगानी गरेका छन् । नयाँ बर्षको स्वागत गर्दै लेखिएको गितले नेपालीलाई नयाँवर्षको उत्साह संगै जनचेतना जगाउने किसिमको छ ।

SUBSCRIBE 👉