सुरशालाको ‘यूट्युब आइडल’


काठमाडौं । सुरशाला म्युजिक एकेडेमी काठमाडौंले नेपालमै पहिलोपटक भिडियो शेयरिङ गर्ने सामाजिक सञ्जाल यूट्युबमा आधारित राष्ट्रव्यापी गायन प्रतिस्पर्धा ‘सुरशाला यूट्युब आइडल–२०७२’ आयोजना गर्ने घोषणा गरेको छ । ७ वर्षदेखि १६ वर्षसम्मका गायनमा प्रतिभा भएका बालबालिकादेखि किशोर–किशोरीसम्मलाई प्रतिस्पर्धा गराइने यो प्रतियोगितालाई ‘राष्ट्रव्यापी अन्तर–विद्यालय यूट्युव गायन प्रतियोगिता’ को रुपमा सञ्चालन गर्न लागिएको सुरशाला म्युजिक एकेडेमीका निर्देश्ँक तथा गायक अमृत छेत्रीले बताएका छन् ।
Surshala Musicयो प्रतियोगिताको अडिसनमा सहभागिता जनाउनका लागि इच्छुक १६ वर्षभन्दा कम उमेरका प्रतिभाले मोबाइल अथवा क्यामराबाट आफूलाई मनपर्ने नेपाली गीत गाएर भिडियो रेकर्डिङ गर्नु पर्नेछ । तीन मिनेट अवधीको उक्त भिडियोसंगै सहभागिले आफ्नो नाम, विद्यालयको नाम तथा सम्पर्क नम्बर खुलाउनु पर्नेछ । प्रतियोगिताका लागि प्रँप्त हुने भिडियोहरुलाई प्रतिष्ठित निर्णायक समुह तथा सुरशालाको व्यवस्थापनले मूल्यांकन गर्नेछ । अडिसनका लागि वैशाख मशान्तसम्म भिडियो पठाइसक्नु पर्नेछ ।

सुरशाला म्युजिक एकेडेमीले बिहिबार जारी गरेको विज्ञप्तीमा जनाइए अनुसार पहिलो चरणबाट उत्कृष्ट एक सय वटा भिडियो छनौट गरिनेछ । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट ५० प्रतिस्पर्धिको छनौट हुनेछ । छनँैट गरिएका ५० प्रतिभालाई सुरशाला संगीत विद्यालयले १५ दिने विशेष तालिम दिनेछ, जसमा नेपालका लोकप्रिय गायक–गायिकाहरु प्रशिक्ष्ँकको रुपमा सहभागि हुनेछन् । प्रशिक्षण्को क्रममा उत्कृष्ट ३०, उत्कृष्ट १५, उत्कृष्ट १० तथा उत्कृष्ट १० को छनौट गरिने छ । उत्कृष्ट दश प्रतिस्पर्धिलाई दर्शक सहभागितासहितको ग्रान्ड फिनालेमा प्रस्तुत गर्दै सुरशाला यूट्युब आइडलको छनौट गरिनेछ ।
Surshala Academyअसारको अन्तिम साता सम्पन्न हुने ग्रान्ड फिनालेमार्फत सुरशाला युट्युब आइडलको उपाधी विजेताले एकेडेमीको तर्फबाट एक लाख ५० हजार रुपैया“ बराबरको गायन विषयमा तीन वर्षे डिप्लोमाको छात्रवृति पाउनेछन् । यसबाहेक एउटा गीतको रेकर्डिङ ता म्युजिक भिडियो निर्माण गर्ने अवसर पाउनेछन् । फस्ट रनर्स अपले एक लाख रुपैया“ बराबरको गायनमा दुई वर्षको छात्रवृत्ति तथा एउटा गति रेकर्डिङ गर्ने अवसर पाउनेछन् भने सेकेण्ड रनर्स अपले ५० हजार रुपैया“ बराबरको छात्रवृत्ति तथा एउटा गीत रेकर्डिङ गर्न पाउनेछन् ।

सुरशाला म्युजिक एकेडेमी २०६१ सालमा स्थापना भएको नेपालको एक आधुनिक संगीत विद्यालय हो, जहा“ १५ वटा भन्दा बढी देशका १ सय ५० जना भन्दा बढी बालबालिका अनि युवायुवतीहरु गायन, नृत्य तथा बाद्याबादनको औपचारिक अध्ययन गरिरहेका छन् । सुरशालाले नया“ वर्षको थालनीसंगै संगीतमा डिप्लोमा अर्थात तीन वर्षे औपचारिक संगीतको कक्षा समेत सञ्चालन गर्दैछ । ‘बालबालिकाका लागि संगीतको शिक्षा’ तथा ‘संगीत युवाका लागि उज्वल भविष्य’ भन्ने नाराका साथ वर्ष २०७२ मा एक सय भन्दाबढी बढि प्रतिभावान बालबालिकादेखि युवायुवतीहरुसम्मलाई गायनमा छात्रवृति प्रदान गर्दैछ ।

SUBSCRIBE 👉