सागर राजको गीतमा झालेमाले भाईको चर्चा [भिडियो]


गायक सागर राजले आफ्नो नयाँ भिडियो झालेमाले भाईबाट यतिबेला चर्चा बटुलीरहेका छन्। फ्यूजन शैलीको संगीत प्रयोग गरीएको पप रक गीतलाई निकै मेहनतका साथ तयार परिएको गीतका गायक सागरराज बताउछन्ले। सार्बजनिक उक्त गीतमा गायक स्वयम कै शब्द तथा संगीत रहेको छ। उनले कठै बरा.… बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन्।

nepali music videoगीतको संगीतमा सांस्कृतिक र आधुनिक बाजागाजाहरु सेक्सोफोन, सारंगी, गितार, आदिको प्रयोग गरिएको छ। रक प्याटर्नमा बनेको गीत तथा भिडियो भिन्न पृष्ठभुमीमा बनेको गायक सागरराज दाबी गर्छन।

युट्युब मार्फत सार्बजनिक भिडियोमा एउटा बालकको सपनाका बारेमा छ। जहाँ उसले झालेमाले भाईको नामले एक प्रसिद्ध व्यक्तिको रुपमा आफुलाई पाउँछ। भिडियोमा झालेमाले भाईका रुपमा बालकलाकार अविरल प्रताप अधिकारीले अभिनय गरेका छन्।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोको छायांकन लुजा सिंहले गरेका हुन्। ३ बर्ष अघि सागरराजको डेब्यू गीतमा पनि उनले बालबालीकाकै कथालाई रोजेका थिए। जसमा सुरज सिंह् ठकुरी र बालकलाकार अनुभव रेग्मीले अभिनय गरेका थिए।

SUBSCRIBE 👉