समिरको भिडियोमा संवाद–गायन फ्युजन


Bimalesh Surabiकाठमाडौं । चर्चित म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले गायक समिर आचार्यको गीतको एक भिडियोमा संवादसहित गायन शैलीको प्रयोग गरेका छन् । फिल्म शैलीमा प्रस्तुत गरिएको भिडियो निकै रोचक किसिमको बनेको छ ।

‘हैन भन्देउ न’ बोलको गीतमा गायक समिर आचार्यको साथमा निक्की कार्कीले आवाज दिएकी छिन् । आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषले संगीत भरेका छन् । भिडियोमा विमलेश अधिकारी, विम्व अधिकारी, शुरभी जैन, श्रीया कार्कीले मोडलिङ गरेका छन् ।

भिडियोको छायांकन नेपाल र अष्ट्रेलियामा गरिएको छ भने भिडियोका छाँयाकार विदुर पाण्डे हुन् । गायक आचार्य अष्ट्रेलियामा र निक्की अमेरिकामा स्थायी रुपमा बसोबास गर्छन् ।

SUBSCRIBE 👉