एसएलसी प्रिन्सेजमा ७० सुन्दरी


काठमाडौ । एसएलसी प्रिन्सेज पा“चौ संस्करणका लागी ७० प्रतियोगी छनौट भएका छन् । शुक्रबार राजधानिको दरबारमार्ग स्थित सि.डब्लु पार्टी प्यालेसमा आयोजित पहिलो चरणको छनौटमा सहभागी १२० प्रतियोगी मध्यबाट अर्काे चरणका लागी ७० छानिएका हुन् ।

एस.एल.सी दिएर वसेका छात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि ल्याउने उदेश्यले सिजन मिडियाले बिगत पा“च बर्षदेखी यो प्रतियोगीतालाई निरन्तरता दिदै आएको छ ।
SLC Princessप्रतियोगीताको यो संस्करणमा काठमाडौं उपत्यकाबाट ५० र उपत्यका बाहिरका १० स्कुलका छात्राहरुले सहभागिता जनाएका थिए । पहिलो चरणको छनौटको निणार्यक मण्डलमा रंगपत्रकार डब्बु क्षेत्री , कोरीयोग्राफर रोजीन शाक्य ,काठमाडौ म्याली कलेजका प्रिन्सिपललगायत रहेका थिए ।

पहिलो चरणको छनौटमा परेका प्रतियोगीलाई वैसाख ६ गते आइतवारवाट २ महिना लामो अवधीको प्रशिक्षणमा सहभागिता गराइने छ । प्रशिक्षणको क्रममा पौडी, शारिरिक फिटनेश ,फोटो सेसन ,व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण दिनेछन् ।

प्रतियोगीताको अन्तिम स्पर्धा असारको पहिलो साता आयोजना हुने आयोजक सिजन मिडियाका प्रमुख प्रदिपराज वन्तले जनकारी दिए । प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेज २०१५’को ताज सहित टिभिएस उइगो स्कुटर र उच्च शिक्षा अध्यायनका लागी २ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । त्यस्तै फस्ट रनर अप र सेकेण्ड रनर अपले भने पनि उइगो स्कुटर र क्रमशः उच्च शिक्षा अध्यायनका लागी १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु प्राप्त गर्नेछन् । प्रतियोगीतिामा शिर्ष तिन बाहेक विभिन्न १८ विधा उप शिर्षकमा बिजेता छनौट गरिनेछ ।

SUBSCRIBE 👉