रापती अवार्डको मनोनयन सार्वजनिक


काठमाडौं । रापती समाजले आयोजना गर्न लागेको चौथो रापती म्युजिक अवार्ड २०७१ को उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक भएको छ । वैशाख १८ गते राष्ट्रिय नाँचघरमा आयोजना गरिन लागिएको अवार्डमा राप्ती अञ्चलका पाँच जिल्लाबाट राजधानीमा आइ गीत संगीत र कला क्षेत्रमा सक्रियलाई प्रत्येक वर्ष अवार्ड प्रदान गरिन्छ । अवार्डका लागि समाजले गायिका कोमल ओली, संविधानविद् डा. भीमार्जुन आचार्य, नायक अर्जुन श्रेष्ठ र साहित्यकार रमेश क्षितिज सम्मिलित छनौंट समिति गठन गरिएको छ।
Rapati Awardआयोजकका अनुसार ‘सर्वोत्कृष्ट राष्ट्रिय गीत’, ‘सर्वोत्कृष्ट नव गायक लोक दोहोरी’, ‘ सर्वोत्कृष्ट नव गायिका लोक दोहोरी’, ‘सर्वोत्कृष्ट लोक दोहोरी शब्द’, ‘सर्वोत्कृष्ट लोक दोहोरी भाका’, ‘सर्वोत्कृष्ट लोक दोहोरी गायक’, ‘सर्वोत्कृष्ट लोक दोहोरी गायिका’, ‘सर्वोत्कृष्ट चलचित्र संगीतकार’, ‘सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार’, ‘सर्वोत्कृष्ट चलचित्र गायन’, ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष’, ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला’ विधा छन् ।

त्यस्तै ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक’, ‘सर्वोत्कृष्ट पप गीत’, ‘सर्वोत्कृष्ट लोक गीत’, ‘सर्वोत्कृष्ट संगीत संयोजक’, ‘सर्वोत्कृष्ट ध्वनी मिश्रण’, ‘सर्वोत्कृष्ट नव गायक सुुगम संगीत’, ‘सर्वोत्कृष्ट नव गायिका सुुगम संगीत’, ‘सर्वोत्कृष्ट सुुगम संगीत रचनाकार’, ‘सर्वोत्कृष्ट सुुगम संगीत संगीतकार’, ‘सर्वोत्कृष्ट सुुगम संगीत गायक’, ‘सर्वोत्कृष्ट सुुगम संगीत गायिका’ र ‘सर्वोत्कृष्ट सुुगम संगीत एल्बम’ विधा छन् ।

SUBSCRIBE 👉