संगीतकार चौधरीले खोले संगीत पाठशाला


काठमाडौं । संगीतकार विकास चौधरीले काठमाडौंको धोविधारामा संगीत पाठशाला संचालनमा ल्याएका छन् । वरिष्ठ फिल्म निर्देशक लक्ष्मीप्रसाद शर्माको प्रमुख आतिथ्यतामा संगीत विद्यालयको उद्घाटन गरिएको हो । शर्माले रिवन काटेर उद्घाटन गरेका थिए भने निर्माता मधुकुमार श्रेष्ठले नरिवल फोडेर विद्यालयको औपचारिक सुरुवात गरिएको थियो । पूजाआजासहित शान्ति इन्टरटेनमेन्ट संगीत पाठशालाको उद्घाटनमा निर्देशक ओम प्रतीक, गोविन्द गौतम, मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
Laxmi Nath Sharmaसंगीतको क्षेत्रमा इन्डियाबाट मास्टर गरेका प्रमोद प्रसाईलाई उक्त पाठशालाको प्रशिक्षकका रुपमा राखिएको छ । विद्यार्थीहरुमा संगीतको ज्ञान दिनका लागि उनले पाठशलाको सुरुवात गरेको बताएका छन् । धेरै संगीत विद्यालयका बीचमा फरक पहिचान निर्माण गर्दै संगीतमा विद्यार्थीहरुको ज्ञान अझ सशक्त बनाउने चौधरीले बताए ।

त्यस्तै उद्घाटनपछि निर्देशक गोविन्द गौतमले गायक बन्न आएका चौधरीलाई फिल्म संगीतमा आफूले ल्याएको बताउँदै उनको पाशालाले संगीत पारखीहरुका लागि राम्रो शिक्षा दिने बताएका थिए । त्यस्तै मदन घिमिरेले बाँच्ने र नाच्ने संगीतभित्र विकास चौधरी पनि पर्ने गरेको बताउँदै पाठशालाको प्रगतिको शुभकामना दिएका थिए ।
Bikash Chaudharyप्रमुख अतिथि लक्ष्मीनाथ शर्माले फिल्म संगीतमा स्थापित बन्दै गरेका विकास चौधरीले आगामी दिनमा पनि संगीतका माध्यमले आफ्नो शिक्षालाई अझ उचाइमा पु¥याउने बताउँदै चौधरीको सांगीतिक भविश्य उज्ज्वल बन्ने कामना गरेका थिए ।

SUBSCRIBE 👉