बालकको गीतमा युवाको प्रेम पीडा – भिडियो हेर्नुहोस्


बालकको गीतमा युवाको प्रेम कस्तो होला सबैले सजिलै बुझ्न नसक्ने हुन सक्छन्। बालकको गीत भनेको त मायाप्रेमको भन्दा पनि उमेर अनुसारको खेल्ने, खाने, स्कुलका कुरा गर्ने हुनुपर्ने तर यहाँ बालकको कुरामा युवाको प्रेम पीडाको गीत गुन्जिएको छ। यी बालक भने वास्तविक बालक होइनन् मान्छे भने युवा हुन् नाम भने बालक गुरुङ।

balak gurung

आखिर माया प्रेम न हो आफूले मन पराएको मान्छे अर्कोले लगे पनि उसकै मायाको गहिराइमा आफूलाई हराउने मान्छेहरु पनि यहाँ धेरै छन्। बालक गुरुङको शब्दहरु हेर्दा पनि उनी कसैको मायामा हराइरहेका देखिन्छ। यो जन्ममा नपाए पनि अर्को जन्म लिइ आउँछु, सधै तिमीलाई आफ्नो बनाउन भन्ने शब्दमा बालक गुरुङले वास्तविक प्रेमको मर्मलाई उजागर गरेका छन्। साहित्य, गीत संगीतमा लागिपरेका पूर्वेली गीतकार बालक गुरुङले योभन्दा पहिला पनि धेरै गीत लेखिसकेका छन्। ‘यो जन्ममा’ बोलको गीत केही समय अगाडी सार्वजनिक गर्दै उनले आफ्नो गीत लेखनका अनुभव सुनाएका थिए।

बालक गुरुङको शब्दमा रहेको यो जन्ममा बोलको गीतमा संगीत समेत बालककै रहेको छ। स्वरुपराज आचार्यको स्वर रहेको यस गीतको संगीत संयोजन भने आमोस तामाङको रहेको छ। रोजल थापाको निर्देशन रहेको यो जन्मको म्यूजिक भिडियोमा भने नारायण ढकाल, नम्रता र दिपेशले अभिनय गरेका छन् भने राष्ट्रिय क्रिकेटकी उपकप्तान ममता थापाको पनि अभिनय रहेको छ। सुरेश कुमार राउतको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई वीरेन्द्र भट्टले छायााकन गरेका हुन्। यस गीतलाई पञ्चम म्यूजिकले बजार प्रबर्द्धन गरेको छ।

SUBSCRIBE 👉