मोडल हन्ट नेपाल २०१५ को तयारी


  • नेपाल मा पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ पुरुष सौदर्य प्रतियोगीता आयोजना हुने।
  • अन्तराष्ट्रिय स्तरको मोडल बन्न प्रतियोगीताले सहयोग पुर्याउने आयोजक संस्थाका अध्यक्ष रवि धमलाको दाबी।
  • १६ देखि २८ वर्ष ननाघेका युवायुवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने।
  • २०७२ वैशाखको तेस्रो साताबाट अडिसन शुरु हुने।

भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा भईरहने चर्चित पुरुष सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ अब नेपालमा पनि आयोजना गरिने भएको छ। नेक्स्ट मोडलस् नेपालले मोडलिङ पेसालाई थप व्यावसायिक एवम् मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्यले नेपालमै पहिलो पटक ‘मोडल हन्ट नेपाल २०१५’ गर्न लागेको हो।

model hunt nepal

आयोजकले असारमा गर्न लागेको निर्णायक प्रतियोगितामा सहभागिता जनाउनका लागि फाराम खुलाईसकेको छ। नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए। युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्याउने धमलाले दाबी गरे।

आयोजकका अनुसार १६ देखि २८ वर्ष ननाघेका युवायुवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन्। देशका प्रमुख शहर काठमाडौ, पोखरा, विराटनगर, चितवन, धरानलगायतका स्थानमा वैशाखको तेस्रो साताबाट अडिसन शुरु हुनेछ।

पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ। प्रशिक्षणका क्रममा उनिहरुलाई अन्तर्राष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजे भीजे, अन्तर्राष्ट्रिय फोटोग्राफी एवम् फोटोसुट, सञ्चार कला, स्टेज परफरमेन्स लगायत विषयमा दक्ष व्यक्तिद्वारा प्रशिक्षण दिइनेछ।

SUBSCRIBE 👉