विराज र आर्यन फेरि एकसाथ


ग्लामर नेपाल, काठमाडौं । नेपाली सिने क्षेत्रमा अलग पहिचान बनाएका नायकद्वय विराज भट्ट र आर्यन सिग्देल एउटै फिल्ममा अभिनय गर्न राजी भएका छन् । एक्सन स्टार विराज र लभर व्याई ऋषि लामिछानेको अनटाइटल प्रोजेक्टमा एकसाथ देखिने भएका हुन् । करिब ६ वर्ष अघि आर्यनले विराजकै लिड रोल रहेको फिल्म ‘किस्मत’बाट सिने क्षेत्रमा डेब्यु गरेका थिए । तर त्यसयता स्टारडमको कारण यी दुई नायकले सँगै काम गरेका थिएनन् ।aryan-and-biraj

निर्देशक लामिछानेले विराज र आर्यन मुख्य भूमिकाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन् । चैतको दोस्रो सातादेखि फिल्म फ्लोरमा जाने यो फिल्मलाई सिल्क रुट कम्पनीले निर्माण गर्न लागेको हो । ‘झोले’ अभिनेत्री प्रियंका कार्कीले विराज र आर्यनलाई साथ दिनेछिन् । आर्यन र प्रियंकाले यस अगाडि ‘कलिउड’मा रोमान्स गरिसकेको भएपनि विराजसँग प्रियंकाले पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । विराज सुटिङका लागि केही समयपछि मुम्बईबाट नेपाल आउने बताइएको छ । सँगै काम गर्न विराज र आर्यन दुवै उत्साही भएको लामिछानेले बताए । विराज, आर्यन र प्रियंकाको अभिनय रहनेपछि लामिछानेको यो प्रोजेक्टले अहिलेदेखि नै काफी चर्चा पाएको छ ।

SUBSCRIBE 👉