भुकम्प पिडितहरु माझ टुडिखेलमा राजेश हमालको अभिनय


rajesh hamal act earthquake song
सोमबार दिउँसो टुडिखेल विचभागमा नायक राजेश हमालले भुकम्प पिडितहरु माझ अभिनय गरेका छन्। गत बैशाख १२ र २९ गते गयको महाभूकम्पको बारेमा तयार हुन लागेको म्युजिक भिडियोमा नायक राजेश हमालले अभिनय गरेका हुन्। शिशिर योगीको स्वर रहेको गीतकार विश्वप्रकाश शर्माको ‘भूकम्पमा गुमेका आफन्तको कसम’ बोलको गीतमा राजेश सँगै लक्ष्मी गिरी र रामचन्द्र अधिकारी लगायतका कलाकारले समेत अभिनय गरेका छन्।

सुमन दाहालको निर्देशनमा सोमबार दिउँसो टुँडिखेलमा सो म्युजिक भिडियोको छायाँकन गरीएको हो। म्युजिक भिडियोमा भूकम्पमा परेका व्यक्तिहरुले समेत अभिनय गरेका छन्। छिटै नै सो भिडियो रिलिज गरिने निर्देशक दाहालले बताए।

SUBSCRIBE 👉