एलनपेजले भनिन् “आइ एम गे”


Ellen-Page-photo1 (एजेन्सी) क्यानेडीयन चर्चीत अभिनेत्री एलनपेज गे हुन् भनेको सुन्दा अचम्म लाग्न सक्छ। तर सत्य यहि नै हो। अभिनेत्री एलनपेजले नै आफु गे भएको प्रस्ट पारेकी हुन्।

हालै अमेरीकाको लसभेगसमा भएको ‘द टाइम टु थ्रेव कन्फ्रेन्स’ समारोहको दौरानमा अभिनेत्री एलनपेजले आफु गे भएको खुलासा गरेकी हुन्।
‘म दुनीयालाई आफ्नो बास्तबिकता लुकाउदा लुकाउदा थाकी सकेकी छु ‘ अभिनेत्री एलनपेजले भनिन् , अब म सबैको सामु आफ्नो बास्तबिकता बाहिर ल्याउन चाहन्छु।’ सत्य लुकाएको कारणले आफु कयौ पटक अप्ठेरोमा समेत परेको उनले खुलाउदै उनले भनिन् ,म यो कार्यक्रममा आउनुको उदेश्य सत्य बाहिर ल्याउनु हो। अभिनयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यी अभिनेत्री आफुलाई अहिले सम्मको यात्रामा साथ दिने सबै प्रति कार्यक्रम मा बोल्दै बाटनै आभार ब्यक्त समेत गरिन्।

SUBSCRIBE 👉