आमाको बाटो पछ्याउँदै करिष्मापुत्री कविता


kabita-manandhar-photo1

Kabita Manandhar

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली सिनेमा क्षेत्रकी सदाबहार नायिका करिष्मा मानन्धरकी छोरी कविता पनि ग्ल्यामर वल्र्डमा प्रवेश गरेकी छिन् । हाल अमेरिकामा रहेकी कविता अभिनित पहिलो म्युजिक भिडियो समय अघि सार्वजनिक भएको छ। भिडियोमा उनी साकार थापासँग देखिएकी छिन्। एएनए फेशन एक्स्ट्राभगेन्जा २०१३ का विजेता साकार र उनको केमेस्ट्री निकै सुहाएको छ। भिडियोलाई सुष्मा बोगटीले निर्देशन गरेकी हुन्।

कविता र साकारले मोडलिङ गरेको उक्त गीतमा सरोज दत्तको आवाज रहेको छ। जुन गीत उनको पुरानो एल्बम ‘सपनीहरु’बाट लिइएको छ। स्व.जी.एम प्रधानको शब्द गीतमा सुगम पोखरेलले संगीत भरेका छन्। भिडियोमा निकेश श्रेष्ठले खिचेका हुन्। ओम फ्याक्टरी कान्तिपुर स्टूडियोको प्रोडक्सन रहेको भिडियोलाई तुलसी इन्टरटेन्मेन्टले वितरण गरेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस – Click Here To Watch Music Video

गुगल सर्च गर्दा भेटिएका कविता मानन्धरको केहि तस्वीरहरु हेर्नुहोस

SUBSCRIBE 👉