भाईको संगीत रहेको फिल्म “भूल्ने पो हौ कि” मा राजेश पायलको स्वर

राजधानीको एकोस्टीक स्टुडियोमा शुक्रबार गीत रेकर्ड गरिएको हो। अमेरिकामा ९० प्रतिशत छायांकन भईसकेको फिल्मका निर्देशक अनिश थापा हुन्। किरण माइकलको रचना रहेको ‘जबसम्म आकाश धर्ती तबसम्म रहन्छ यो माया पिरती’ बोलको गीतमा राजेश र गायिका अमृता लिम्बुको स्वर रहेको छ।


Singer Rajesh Payal Rai

Singer Rajesh Payal Rai | Image Courtesy: streetnepal.com

पुरानादेखि नयाँ संगीतकारको संगीतमा आफ्नो स्वर दिईसकेका नेपाली सुगम र पाश्र्व संगीतमा भर्सटायल गायक राजेशपायल राईले पाश्र्व गायनमा पहिलोपटक आफ्ना कान्छा भाई संगीतकार राई नविनले संगीत भरेको एक फिल्मको गीतमा स्वर दिएका छन्। धेरै गीत गाइसकेका राजेशले भाईले संगीत भरेको फिल्म ‘भूल्ने पो हौ कि’मा गीत रेकर्ड गराएका हुन्।

rajesh payal rai in recording studioराजधानीको एकोस्टीक स्टुडियोमा शुक्रबार गीत रेकर्ड गरिएको हो। अमेरिकामा ९० प्रतिशत छायांकन भईसकेको फिल्मका निर्देशक अनिश थापा हुन्। किरण माइकलको रचना रहेको ‘जबसम्म आकाश धर्ती तबसम्म रहन्छ यो माया पिरती’ बोलको गीतमा राजेश र गायिका अमृता लिम्बुको स्वर रहेको छ। ‘सुगम संगीतमा भाईले संगीत भरेको धेरै गीतमा स्वर दिए, तर यसपटक फिल्ममा पनि स्वर दिन पाऊँदा खुशी लागेको छ।’ राजेशपायलले भने। अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको यो फिल्ममा हिमग्याप टासीकेा छायांकन छ।

SUBSCRIBE 👉