अन्जु भईन एसएलसी प्रिन्सेज २०१५ की विजेता


‘एसएलसी प्रिन्सेज २०१५ पाचौं सास्करण’ को उपाधि कपन काठमाडौंकी १६ वर्षिया अन्जु भण्डारी ले हाासिल गरेकी छिन। शनिवार सााझ राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा सम्पन्न सो प्रतियोगितामा आफ्ना ४७ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्। उपाधि जिते पछि उनलाई सुरेश रायमाझीले टिभिएस जुपिटर स्कुटर प्रदान गरे भने क्याम्पीयन एकाडमीको तर्फवाट रु चार लाख वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति, फेशन सेन्टर भाट भटेनीद्धारा १० हजार वरावरको साडी, फ्लाइ स्काई एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम र विभिन्न उपहार प्राप्त गरिन्।

slc princessउत्कृष्ट पाँचको चयन पछि अन्तिममा सोधिएका यदि भुकम्प पछिको अवस्थामा एसएलसी प्रिन्सेजको विजेताको नाताले तपाइको भुमीका कस्तो हुनु पर्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अन्जुले यो उपाधि जितेकी हुन्। यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हाासिल गर्ने प्रेरणा मिलेको उनले बताईन्।

सिजन मिडियाद्धारा आयोजित प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि हाडीगोकी १५ वर्षीय तेजस्वी केाइरालाले जितिन्। उनले उपाधि संगै चिर्योस च्वाइस अवार्ड पनि हात पारिन भने ल्यापटप र फ्लाइ स्काई एयरहोस्टेज एकाडमीको तर्फवाट रु २५ हजारको निसुल्क तालिम मौका समेत हात पारिन।
कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि वालाजुकी १६ वर्षिया सुद्धता थापाले हाासिल गरिन्। उनले उपाधि संगै विभिन्न उपहार प्राप्त गरिन। थापाले ‘ डिस्टीङसन अर्वाड ‘को उपाधि पनि हात पारिन।

थर्ड रनरअप सुवानी कर्मचार्य मिस पपुलरअवार्ड सहित विजेता भइन भने फोर्थ रनरअप सिम्रन श्रेष्ठले मिस पर्सनालीटीको अवार्ड प्राप्त गरिन।

‘व्युटिफुल आईज’को उपाधि अलविना सुवेदीले हाासिल गरिन् । ‘फेसबुक मल्टिमिडिया’को उपाधि खुस्व’ आलेले प्राप्त गरिन । ‘अर्गनाईजर च्वाईस अवार्ड’ प्रतिक्षा लामाले जितिन् । यस्तै ‘वेष्ट ड्रेस र वेष्ट हेयरकोे उपाधि असीना देउला ले हात परिन्। ‘मिस डिसिप्लेन’को उपाधि अलिसा वज्रचार्यले प्राप्त गरिन भने ‘मिस फेन्डसिप’को सिम्रन श्रेष्ठले हाासिल गरिन्। ‘बेष्ट वाक’को उपाधि मनिसा लामाले पाईन भने ‘मिस स्माइल’को उपाधि सिजु श्रेष्ठले हाासिल गरिन। यस्तै ‘मिस फोटोजेनिक’को उपाधि पुजा गदालले प्राप्त गरिन्। ‘मिस फिजिकल’को उपाधि सताव्दीका गिरिले पाईन्।
एजुकेशन अर्वाड सुरक्षा श्रेष्ठले हात पारिन ,वेष्ट स्कीन सितल साहले हात पारिन। मिस ट्यालेन्टको अर्वाड करिष्मा लामाले हात पारिन।

सिजन मिडियाले गत ५ वर्ष देखि निरन्तर यो प्रतियोगिता गर्दै आएको आयोजक सास्थाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए।  यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा चलचित्र निर्देशक आकाश अधिकारी, सञ्चारकर्मी विजय पौड्याल, मेगा वैककि विजनेश डेभलपमेन्ट अफिसर रभिना देशराज श्रेष्ठ, नामी कलेजका फाउण्डर याङ्कीला नामी र शुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ थिए।

SUBSCRIBE 👉