बास्कोटालाई धर्मराज सावित्री थापा सम्मान


Sambhujit Baskota Popular Music Directorलामो समयदेखि नेपाली लोकगीत, गायन, संगीतका क्षेत्रमा योगदान पुर्‍याउदै आएका संगीतकार शम्भुजित बाास्कोटालाई ‘धर्मराज-सावित्री थापा गुठी’ पुरस्कारबाट सम्मान गरिने भएको छ। गुठीले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मदनराज थापाले २५ हजार रुपैंयाासहित ताम्रपत्र र दोसल्लाबाट बास्कोटालाई सम्मान गरिने जानकारी दिए। ‘लोक-साहित्य, लोकगीत, गायन, संगीत, नृत्य, वाद्यवादन आदि सिर्जन कलालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष योगदान पुर्‍याउनेलाई हामी यो सम्मान प्रदान गर्छौ।’ थापाले भने।

नाटककार अशेष मल्लले स्वर्गीय जनकविकेशरी धर्मराज थापा एउटा नाम मात्र नभई एउटा संस्था पनि भएको उल्लेख गर्दै थापाजस्ता व्यक्तित्वलाई राज्यले सम्झनुपर्ने भए पनि त्यसो हुन नसकेकामा दुःख व्यक्त गरे। बास्कोटालाई साउन १ गतेका दिन विशेष कार्यक्रम गरी सम्मान प्रदान गरिनेछ । विसं २०५२ मा स्थापित सो गुठीले प्रत्येक दुई वर्षमा सम्मान दिदै आएको छ।

SUBSCRIBE 👉