दुखद खबर : दिल्लीमा भिडीयो छायांकन गर्दा गर्दै मोडल सबिनाको मृत्यु


मोडल सबिना बिकको दिल्लीमा म्युजीक भिडीयो छायांकन गर्दा गर्दै म्रुत्यु भएको छ। म्युजीक भिडीयो सुटिंग गर्ने क्रममा सविनालाई रेलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छायांकार मुकेस हुमागाइले बताएका छन्। ‘सातवटा म्युजीक भिडीयो खिच्नका लागी दिल्ली पुगेको युनिटले पाँच वटा गीतको सुटिङ भने सकाई सकेको थियो।

sabina bk

Photo Source: Shankar Adhikari Ghayal – Facebook

म्युजिक भिडीयो छायांकनकोलागी नेपालबाट निर्देशक नवीन पन्त, छायाकार मुकेश हुमागाइँ, मेकअप आर्टिस्ट उर्मिला राई लगायतको टोली नयाँ दिल्ली पुगेका थिए।

दिल्लीमा भिडीयो छायांकन गर्दै गर्दा म्रुत्यु भयकी मोडल सबिना बिकको शब भोली नेपाल ल्याइने भएको छ। छायांकार मुकेस हुमागाइका अनुसार भोली तीन बजे सम्म सबिनाको शब लियर सुटिंग युनिट काठमाडौँ आईपुग्नेछ।

चलचित्र ‘टाइम नेभर कम ब्याक’मा समेत सहनायिका भएर काम गरेकी सविना नयाँ दिल्लीमै बस्ने गर्थीन्।

SUBSCRIBE 👉