अमरको सांगीतिक इमोर्टल


काठमाडौं । प्रवासमा रहेर गीत संगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका गायक अमर राईले नयाँ गीतिसंग्रह ‘इमोर्टल’ बजार ल्याएका छन् । उनले म्यूजिक खबर डटकममार्फत एल्बम सार्वजनिक गरेका हुन् ।
Immortal Albumमलेसियामा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा लागि पर्ने गायक राईले इमोर्टल मार्फत् देशविदेशमा आफ्नो प्रतिभालाई प्रस्तुत गर्दैछन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका राई विगत लामो समयदेखि गीत संगीतमै क्रियाशील छन् । ‘आफू प्रवासमा भए पनि मन त नेपाली गीत संगीतमै डुलिरहेको छ,’ उनले भने, ‘म जहाँ रहुँ नेपालीपन, नेपाली गीतसंगीत सँगै रहनेछ ।’

इमोर्टलमा गायक राईको एकल स्वर रहेको छ भने एक गीतमा गायिका सुनिता पन्तले साथ दिएकी छिन् । एल्बममा ‘ओ प्रिय’, ‘आँखा तिम्रो’, ‘चन्चले नानीले’, ‘बोल्दिनौकी जस्तो’ र ‘मेरो मन’ लगायतका पाँच गीत समावेश गरिएको छ । जसमा मनिपाल राई, निम संगीत र सुमन राईको संगीत रहेको छ भने रमेश बानियाँ, अनुराग श्रेष्ठ, दिक्पाल राई, इन्द्रसुर बेल्टारेको शब्द रचना रहेको छ ।

एल्बमभित्रका गीतमा निम संगीत, विपिन आचार्य र सुमन राईको एरेन्ज रहेको छ । एल्बमका पाँच गीत नै गायक राईले मलेसियाकै स्टुडियोमा स्वर रेकर्ड गराएका हुन् भने अन्य काम ड्रिम्स स्टुडियो र एमबी म्यूजिक रेकर्डिङमा गरिएको हो । गीतसंगीतलाई शुभकामना मिडिया सोलुशनले बजार प्रबद्र्धन गरेको हो ।

SUBSCRIBE 👉