सर्वनाममा मनिषको भक्ति संगीत


काठमाडौं । नाटक मात्र नभएर कलाका विभिन्न विधालाई पनि स्थान दिँदै आएको सर्वनामले हालै राजधानीमा भक्ति संगीत आयोजना गरेको छ । मनिष सापकोटाको एकल गायन रहेको कार्यक्रममा उनले करिब डेढ घण्टा विभिन्न शास्त्रीय गीत सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
Manish Singerकार्यक्रममा मनिषले जय गण राय, गुरुदेव, जननीमा लगायत एकदर्जन गित गाए । विनाशकारी भुकम्पमा दिवंगत भएका सम्पूर्णको आत्मा शान्तिको कामना गर्दै गरिएको कार्यक्रममा दिवंगत आत्माको चिरशान्तीको लागी एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

मनिषले ‘साई सुमन’ नामक एल्बम निकालेका छन भने अर्को एल्वम ‘विणा’ निकाल्ने तयारीमा छन् । चितवनमा स्थायी बसोवास गर्ने मनिषको काठमाडौंको कार्यक्रम पहिलो हो ।

SUBSCRIBE 👉