आमिरको ग्रीन सिग्नलको प्रतिक्षामा ‘शुद्धि’


ameer-khan

Ameer Khan | Bollywood Actor

मुम्बई । बलिउडको इतिहासमा सबैभन्दा महंगो हुने भनिएको फिल्म ‘शुद्धि’मा कलाकार फेरबदल हुने क्रम अझ रोकिएको छैन्। करण जौहरको धर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा सुरुमन्रा ऋतिक रोशनले मुख्य भूमिका निर्वाह गर्ने भनिएको थियो तर तीन हप्ता बित्न नपाउँदै ऋतिकले रेड सिग्नल देखाएको खबर आयो। ऋतिक पछि बलिउड बादशाह शाहरुख खानको नाम आयो। करणसँग अत्यन्त निकट भएकोले शाहरुख फिल्ममा देखिने खबर पक्का मानिएको थियो तर अहिले शाहरुखले उक्त फिल्म नगर्ने भारतीय सञ्चारमाध्यमहरुले दाबी गरिएका छन्। उक्त भूमिकामा धर्मा प्रोडक्सनले आमिर खानसँग कुरा गरिरहेको दैनिक भाष्करको अनलाइन संस्करणले जनाएको छ। हाल आमिर ‘सत्यमे जयते–२’को सुटिङ र प्रमोशनसँगै ‘शुद्धि’को स्क्रिप्ट पनि पढिरहेका छन्। तर उनले ग्रिन सिग्नल दिइसकेका छन्।

निर्माता करणले २०१५ को डिसेम्बरमा ‘शुद्धि’को रिलिज डेट घोषणा गरिसकेका छन्। यो वर्षको डिसेम्बरमा आमिरको ‘पिके’ रिलिज हुँदैछ भने त्यो बाहेक उनका अरु कुनै सिनेमा छैनन्। सोही कारण आमिरले यो फिल्म गर्ने प्रबल सम्भावना रहेको बताइन्छ। यद्यपी फरहान अख्तरको एक्सेल इन्टरटेन्मेन्टको एक फिल्मको लागि पनि आमिरलाई अफर गरिएको छ। त्यसैले उनी केही संकटमा पर्ने देखिएको छ। ‘शुद्धि’ले पुर्नजन्मको कथा भन्ने छ।

SUBSCRIBE 👉