नवरामको १२ महिने गीत सार्वजनिक


काठमाडौं । धरानका पुराना गायक नवराम राईको स्वर रहेको ‘वैशाख नि बित्यो–जेठ पनि बित्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । १२ वर्ष अगाडी नै तयार गरिएको उक्त गीत गत वर्ष मात्र रेकर्ड गरि भिडियो बनाइएको थियो ।
Nawaram Raiवैशाखदेखि चैत्रसम्म बाह«ै महिना आफ्नो प्रेमिकालाई पर्खेर बिताएका क्षणहरुलाई गीतमा समेटिएको छ । म्युजिक भिडियोमा गायक नवराम राईलाई नै अभिनय गरेका छन् । यसअघि गायक फुर्वा शेर्पाले गाएको एक अक्षरको गीत ‘मिर्मीमा’ लगायत थुप्रै गीतका सर्जक ढकाल भाइ (केशव ढकाल )ले रचना गरेको उक्त नवरामकै संगीत रहेको छ ।

एल्बम ‘नमुना’ बजारमा ल्याएपनि सुस्ताएका राई ‘वैशाख नि बित्यो–जेठ पनि बित्यो’ गीतबाट पुन जुर्मुराएका छन् । उक्त गीतको भिडियो छायांकन रोजेश शाक्य र रबिन राई, प्रज्ज्वलितको सम्पादन र कवि राईको निर्देशन रहेको छ । भिडियो सिल्भर इन्टरटेनेन्टले निर्माण गरेको हो ।

SUBSCRIBE 👉