मिस मंगोलमा पुर्वाञ्चलबाट दश सुन्दरी


काठमाडौं । ‘मिस मंगोल नेपाल २०१५’ का लागि धरानमा गत बुधबार भएको पुर्वाञ्चल अडिसनबाट १० सुन्दरी छनौंट भएका छन् । नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाएको यस प्रतियोगिताका लागि धरान अडिसनमा पुर्वाञ्चलका विभिन्न जिल्लाबाट २७ जना सहभागी थिए । छनोट हुनेमा शरुपा थापामगर, सेवी श्रेष्ठ, जेनिशा लिम्बु, आस्था राई, साङमु सेर्पा, अर्चना चौधरी, सोनु लिम्बु, रुषा श्रेष्ठ, एलिना राई, सिमा राई, रानु लिम्बु, रक्षा राई, इक्सा मादेन रहेका छन् ।
Miss Mangolछनोट सुचीमा परेका १३ मध्ये कमफस्टका आधारमा १० जनालाई मात्रै सहभागी गराइने आयोजक एक्सन इन्टरटेनमेन्टले जनाएको छ । असिडसनमा मिस मंगोल नेपालको आयोजक संस्था एक्सन इन्टरटेनमेन्ट प्रालिका सल्लाहकार पुर्ण लामाका साथमा हिमाल राई, रेणु वाजा लामालगायत निर्णायक मन्डलमा रहेका थिए ।

राजधानीमा भएको अडिसनबाट २२ जना छनोट भएका छन् । राजधानी र धरान अडिसनबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीलाई रोजिन शाक्यले प्रशिक्षण दिने छन । प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेरका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउँछन ।

सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रुपमा लिइएको मिस मंगोल नेपाल २०१५ को अन्तिम प्रतिष्पर्धा साउन ३० गते राजधानीमा हुने छ । यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोकामगर, मुस्कान लिम्बु र एनिस्ता गुरुङले शीर्ष उपाधी चुमिसकेका छन् ।

SUBSCRIBE 👉