पर्यटन प्रबद्र्धन गर्न अल्बट्रसको अमेरिकामा कन्सर्ट


काठमाडौं । चर्चित नेपाली रक ब्याण्ड अल्बट्रसले अमेरिकामा सांगीतिक कन्सर्ट गर्ने भएको छ । आफ्नो एल्बम ‘म र मलाई’को प्रवद्र्धनका लागि दुई महिना लामो कन्सर्टको सिलसिलामा आगामी अगस्टको पहिलो हप्ता अमेरिकाका लागि प्रस्थान गर्न लागेको हो ।
Albratos bandब्याण्डका भोकलिस्ट÷रिदम सिरिस डली, लिड गिटारिस्ट सन्चा भक्स (सन्नी मानन्धर), बेस अभयसिद्धि वज्राचार्य र ड्रमर किस्मत डी श्रेष्ठले यसअघि अस्ट्रेलिया, संयुक्त अधिराज्य, बंगलादेश, भारतलगायतका स्थानमा कन्सर्ट गरिसकेका छन् ।

व्याण्डका अनुसार उनीहरुले न्युयोर्क, बोस्टन, सिकागो, डेन्भर, डायलस, अस्टिन, वासिङ्टन डीसी, मिनेसोटा, लसएन्जलस, सैनफ्रेन्सिस्कोलगायतका विभिन्न एक दर्जनभन्दा बढी सहरमा कन्सर्ट गर्नेछन् ।

व्याण्डले अमेरिकाको बसाइमा हालैको महाभूकम्पबाट प्रभावित नेपाल अब सुरक्षित पर्यटकीय गन्तव्यमा परिणत हुँदै गएको सन्देश प्रवाह गर्ने उद्देश्य रहेको पनि बताइएको छ ।

SUBSCRIBE 👉