अमेरिकामा अझै पनिको शो


काठमाडौं । अघिल्लो वर्षको फागुन १५ गते रिलिज भएको आलोक नेम्बाङ निर्देशित अन्तिम फिल्म ‘अझै पनि’ले अमेरिकाबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्ने भएको छ । अगस्ट १५ मा अमेरिकाको ओमाहा, नेब्रास्कामा फिल्म प्रदर्शन हुने टुंगो लागेको हो ।
Ajhai Pani Movieओमाहा, नेब्रास्कामा हुने प्रदर्शनको जिम्मेवारी एनएनएस सोसाइटीले लिएको छ । यो फिल्मलाई अमेरिकाभर प्रदर्शनको लागि राज आचार्यले जिम्मा लिएका हुन् । नेब्रास्काको प्रदर्शनपछि अमेरिकाका अन्य विभिन्न शहरहरुमा पनि प्रदर्शनमा आउने आचार्यले बताए । विशुद्ध सामाजिक कथामा बनेको फिल्मले काठ क्षेत्रको रहनसहन, सोच तथा नारीको समवेदना एवं सिन्दुर–पोतेको महत्वलाई प्रकाश पार्छ । आफुले निर्देशन गरेको फिल्म प्रदर्शनमा नआउँदै निर्देशक नेम्बाङले आत्महत्या गरेका थिए ।

सुदर्शन थापा प्रोडक्शन तथा पुनम इन्टरटेनमेण्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेको फिल्ममा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, प्रमिला खनाल, विशाल ढुंगाना, विजय लामा, बिपना धिमाल, मिथिला शर्मा, रामशरण पाठकलगायतले अभिनय गरेका छन् । रामशरण पाठकको लेखनमा बनेको फिल्ममा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी तथा सचिन सिंहको संगीत रहेको छ । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

SUBSCRIBE 👉