सरुको ‘यसपालीको तीज’ सार्वजनिक


काठमाडौं । तिज नजिकिँदै गएपछि नयाँ नयाँ तिजी गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैक्रममा गायिका सरु गौतम र गायक विर्खबहादुर धामीको नयाँ तीज गीत ‘यसपालीको तीज’ सार्वजनिक भएको छ ।
Teej Songगीतमा सुवास गौतमको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ । टंक बुढाथोकीले गीतलाई कम्पोज गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोमा पुष्प, वर्षा, विपना र पर्सान्तले अभिनय गरेका छन् । भिडियोमा निशान्त घिमिरेको सम्पादन र हरि हुमागाईको छायांकन रहेको छ ।

SUBSCRIBE 👉