नवीन पन्तको फिल्म ‘बाकस’को छायांकन कास्कीको धम्पुसबाट सुरु

विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने ‘बाकस’को छायांकन कास्कीको धम्पुसबाट सुरु भएको छ। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्मलाई सुजिता चौलागाईंले निर्माण गर्दैछिन्।

विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु भएको छ। नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने फिल्मको सुटिङ कास्कीको धम्पुसबाट थालिएको हो।

यसअघि ललितपुरस्थित बगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको फिल्मलाई दशैंलगत्तै छायांकनमा लैजाने तयारी थियो। अब निर्माण टोली धम्पुस पुगेसँगै फिल्मको काम अघि बढेको छ।

फिल्ममा विपना, वर्षा र महेशसँगै भोलाराज सापकोटा, हिउँबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। कलाकार टोलीमा सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि छन्।

पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको ‘बाकस’की निर्माता सुजिता चौलागाईं हुन्। राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माता रहेको फिल्ममा धीरेन्द्र पन्त कार्यकारी निर्माता छन्।

महेश पौडेलले खिच्ने फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। कोरियोग्राफी सियोन श्रेष्ठले गर्नेछन् भने द्वन्द्व निर्देशन किरण दाहालको रहनेछ।

निर्देशन टोलीमा मणि तामाङ मुख्य सहायक निर्देशक छन्। सावन शर्मा, सिर्जना भुजेल र मनिस चौलागाईं सहनिर्देशकका रूपमा जोडिएका छन्।

फिल्मको प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने हुन्। कस्ट्युम डिजाइन ज्योति केसी र निराजन घिमिरेले सम्हाल्नेछन्। शृंगारमा उर्मिला लामा, हेयरमा अस्मिता सापकोटा र स्टिल फोटोग्राफीमा लक्ष्मण पाण्डे छन्। फिल्मको पोस्टर डिजाइन आईडलले गर्नेछ।

SUBSCRIBE 👉