राजको सांगीतिक ‘जीवन’


काठमाडौं । गायक राजकुमार प्रधानले श्रोतामाझ ‘जीवन’ नामक एल्बम ल्याएका छन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा संगीतकार मिलन मोक्तान, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, संगीतकार बुलु मुकारुङ, कलाकार लय संग्रौलालगायतले एल्बमको विमोचन गरे ।
Jiwan Albumएल्बममा छोडी जादै छु, तिम्रो याद आउँछ, त्यो चिसो हावाले, तिम्रो सम्झनामा, मन भित्र तिमी गीत छन् । गीतमा विक्रम जी लामाको संगीत र आरबी लामाको शब्द छ । एल्बमलाई युथ क्रिएसनले बजारमा ल्याएको हो ।

कार्यक्रममा अतिथिहरुले एल्बम र गायकको सफलताको कामना गरेका थिए । उनीहरुले एल्बमको बजार व्यवस्थापनलाई ध्यान दिन जोड दिए ।

SUBSCRIBE 👉