भुकम्प पीडितका लागि भण्डारीका गीत


काठमाडौं । चर्चित संगीतकार एवम् गायक टीका भण्डारीले भुकम्प पीडितहरुका लागि बिहीबार राजधानीमा एकल साँझ गर्ने भएका छन् । दरबारमार्गस्थित रानी मलमा गायक भण्डारीले आफ्नो जीवनको पाँचौं एकल साँझ गर्न लागेका हुन् ।
Tika Bhandariभण्डारीले आफ्ना १६ वटा गीत लाइभ अर्केष्ट्रामा गाउने भएका छन् । ति गीतहरु कुनै स्टुडियोमा गीत रेकर्डका लागि नभई दुई सय भन्दा बढी संगीतका पारखीहरुमाझ गाउने भएका हुन् । नेपाली कला संगम र मित्र माद्यमिक बिद्यालय चाहबिलको आयोजनामा भण्डारीले उक्त एकल साँझ गर्न लागेका हुन् । कला संगमका संयोजक सुदर्शन महर्जनले दर्शकको रोजाईका कारण भण्डारीको कार्यक्रम गर्न लागेको बताए ।

गायक भण्डारीले नेपाली संगीतको क्षेत्रमा आधुनिक सुगम संगीत, एल्बम र फिल्ममा गरी ५ सय भन्दा बढी गीतहरुमा संगीत दिइसकेका छन् भने ४ दर्जन गीतहरु आफैंले गाएका छन् । प्रत्येक वर्ष प्रज्ञा भवनमा आयोजना हुने तिते जिरे गाईजात्रा महोत्सवमा समेत भण्डारीले डेढ दशकदेखि तितो सत्य जिरे खोर्सानी र मेरी बास्सैसँग प्यारोडी गायन मार्फत सहकार्य गर्दै आएका छन् ।

कार्यक्रमबाट संकलित रकम एक भुकम्पग्रस्त क्षेत्रमा स्वयम् आयोजक र गायक समेत उपस्थिति भई पीडितहरुलाई वितरण गरिनेछ ।

SUBSCRIBE 👉