लण्डन पुग्यो नेपथ्य


काठमाडौं । दसौं अल्बमको रेकर्डिङको काम सकेर सांगीतिक कार्यक्रमका लागि चर्चित लोक रक ब्याण्ड नेपथ्य लण्डन पुगेको छ। लण्डनको विम्बले एरेनामा दुई वर्षअघि कन्सर्ट गरेको नेपथ्यले शनिबार अर्को ख्यातीप्राप्त हल ‘ओ टु ब्रिक्सटन’मा आफूलाई प्रस्तुत गर्दैछ । नेपाली लोकगीतलाई नयाँ पुस्ताका श्रोतासँग जोड्दै ल्याएको नेपथ्यले बेलायतमा यो दोश्रोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो । नेपाल र बेलायतबीच दौत्य सम्वन्ध स्थापनाको दुई सयऔं वार्षिकोत्सवमा पनि यो समर्पित छ ।

ओ टु ब्रिक्सटन कार्यक्रमको थप आकर्शन नयाँ अल्बमबाट प्रस्तुत हुने चारवटा गीत रहनेछ । कार्यक्रममा नेपथ्यले पूर्व ब्रिटिस लाहुरेहरुलाई समर्पण गर्दै ‘नैनाताल नैनाताल, घुमिआयो रेल आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल नैनाताल’ गीत गाउनेछ ।
Nepathya London‘यो गीत मेरा काका–बाजे र मावल खलकतिर सुनेरै हुर्केको हुँ,’ गायक गुरुङ भन्छन्, ‘मलाई माया गर्ने बेलायतका दर्शकसमक्ष यो सौगात प्रस्तुत गर्न हुटहुटी भइसकेको छ ।’ बेलायतमा यतिबेला ८० हजार नेपाली बसोबास गरिरहेका छन् । ‘मैले फेरि पनि बेलायतका नेपालीहरुबाट त्यस्तै माया पाउने विश्वास लिएको छु,’ अमृत भन्छन्, ‘हामी फेरि एकपटक पहिले जस्तै एकाकार भएर गाउनेछौं ।’

शनिबारको शोलाई ‘इलाइट इभेन्ट्स्’ले आयोजना र संयोजन गरिरहेको छ । नेपथ्यका अमृतसँगै व्याण्डका ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले माहौल तताउनेछन् ।

SUBSCRIBE 👉