एल्बम संयोग सार्वजनिक


Samyog Album

काठमाडौं । गीतकार इनुमा रुङमाङको शब्द र संगीतकार सुबास सर्जनको संगीत रहेको एल्बम ‘संयोग’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्राज्ञ शान्तिराम राई, प्रस्तोत समाजका अध्यक्ष तुलसी पराजुली, गीतकार संघकी कोषाध्यक्ष शुशीला पौडेल, गायिका आभा मुकारुङ, गायक कृष्णभक्त राई, सुबास सर्जनलगायतले एल्बमको संयुक्त रुपमा विमोचन गरे ।

एल्बममा ‘फेरि फेरि’, ‘एउटा चोट’, ‘नजानिदो पाराले’, ‘सम्झनाको’, ‘धनको पछि’लगायतका गीतहरु समावेश छन् । गीतमा दीपक लिम्बु, आभा मुकारुङ, अनु राई, राजेशपायल राई, एल.बी. राई र इनुमा रुङमाङको स्वर रहेको छ ।

SUBSCRIBE 👉