एल्बम ल्याउँदै सञ्चारकर्मी सुरज


Suraj Paudelकाठमाडौं । सात वर्षदेखि रंग पत्रकारिता गरिरहेका सञ्चारकर्मी सुरज पौडेलले चाँडै नै एल्बम ‘मनको खुसी’ श्रोतामाझ ल्याउने भएका छन् ।

एल्बममा ‘पराईले तिम्रो सिउदो’, ‘मनपर्यो–मनपर्यो’, ‘सान्नानी चोखो माया’, ‘गोलीले लागे झै’, ‘लचक लचक तिम्रो कम्मर’ र ‘तिम्रो ठुम्का’ बोलका गीत छन् । जसमा ५ वटाको रेकर्ड भईसकेको छ । ६ गीत मध्ये ३ गीतमा बिकास चौधरीको, २ गीतमा टंक बुढाथोकी र १ गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

एल्बममा गीतकार÷गायिका सबिना केसी र गायक स्वयम्को शब्द रहेका छन् । एल्बमका दुइ गीतको भिडियो निर्माण गरिने पौडेलले बताए । गायक पौडेल एक बर्ष देखि संगीतकार विकाश चौधरीसंग शास्त्रीय संगीत प्रक्षिक्षण पनि लिइरहेका छन् ।

SUBSCRIBE 👉