मिस युथमा १५ सुन्दरी


Miss Youthकाठमाडौं । ट्रिक मिडियाले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस युथ नेपाल–२०१५’ पहिलो चरणको अडिसनबाट १५ सुन्दरी छनौट भएका छन् । अडिसनमा ५० सुन्दरी सहभागी थिए । फिल्म निर्देशक सुचित्रा श्रेष्ठ, गायकद्वय रेवत राई र बोन्नी दाहाल, नृत्य निर्देशक अनुप डंगोलसहितको निर्णायक मण्डलले उनीहरुलाई छनौट गरेको हो ।

प्रतियोगिताको फिनाले भदौ अन्तिम साता काठमाडौंमा हुँदैछ । दोस्रो चरणको अडिसन शनिवार हुने आयोजकले जनाएका छन्। भदौको तेस्रो साता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने फिनालेमा सहभागि हुने प्रतियोगिहरुलाई चलचित्र निर्देशकहरु दिनेश डिसी, सुमन दाहाल, सुचित्रा श्रेष्ठ, क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का आदिले व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण दिनेछन् ।

SUBSCRIBE 👉