मिस मंगोलले देखाए प्रतिभा


काठमाडौं । एक्सन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘मिस मंगोल नेपाल २०१५’ का प्रतियोगिले आइतबार राजधानीमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । मिस ट्यालेन्ट उपाधीका लागि भएको प्रतिष्पर्धामा प्रतियोगीहरुले अभिनय, गीत, नृत्य, वतृत्वकलालगायतका विभिन्न विधामार्फत आफ्नो प्रतिभा देखाएका थिए ।
Miss Mangolप्रतियोगीतामा पुर्ण लामा, कला सुब्बा, सपना रोकामगर, शान्तिराम राई, गोविन्द राई र खगेश रञ्जितकार निर्णायकका रुपमा रहेका थिए । नेपाली सौन्दर्य प्रतियोगीतामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपालको यो सातौं संस्करण हो । प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेर समुहका ३१ जना युवती सहभागी छन ।

अन्तिम प्रतिष्पर्धा साउन ३० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । प्रतियोगीलाई प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिइरहेका छन ।

SUBSCRIBE 👉