माइती नेपाललाई अबिरल र मदनको गीत


काठमाडौं । माइती नेपालका लागि गीतकार अबिरल थापा र संगीतकार मदन गोपालले ‘जे हुनु भईसक्यो’ बोलको गीति भिडियो तयार पारेका छन् । गीतमा मदनसहित पुजा परियार, राजकुमारी थापा, देवी रोका, समिक्षा तामाङ, आरती उप्रेती, पुजा तामाङ, सपन तामाङ, विमला प्रजा, सुष्मिता बिक, कमला तामाङको स्वर रहेको छ ।

Madan Gopalअनुप थापाले निर्देशन गरेको भिडियोमा शैलेन्द्र पौडेलको सम्पादन, दिलमाया विकको कोरियोग्राफी र राजिव मानन्धरको छायांकन रहेको छ । भिडियोमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको साथमा विश्वराम खड्का मदन गोपाल र माइती नेपालमा रहेका बालबालिकालाई देख्न सकिन्छ । गायक तथा संगीतकार मदनले आफूले आफ्ना बच्चाहरुका लागि यो गीत तयार पारेको र बच्चाहरुले चर्चा पाउँदा खुशी लागेको बताए ।

SUBSCRIBE 👉