‘बिक्न छाडे पछि नेतृत्व गर्न आउँदैछु’


काठमाडौं । नेपाल चलचित्र कलाकार संघको हुन लागेको निर्वाचनका लागि अध्यक्ष पदमा पुराना कलाकार लय संग्रौलाले उम्मेद्वारी घोषणा गरेका छन् । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।

Laya Sangraulaपत्रकार सम्मेलनमा संग्रौलाले संघको नेतृत्वमा पहिचान नभएका मानिसहरु आउन लागेकाले पहिला पहिचान बनाएर आउन चुनौति दिए । ‘संघमा पहिचान बनाउन आउने होईन, पहिचान बनाएर आउने हो,’उनले भने,‘कलाकारका रुपमा स्थापित नभएका व्यक्तिहरु अहिले संघको नेतृत्व गर्न आउँदैछन्, यो आफैमा दुःखलाग्दो कुरा हो ।’ संग्रौलाले संघ सेलिब्रेटीहरुको संस्था भएकाले त्यसको नेतृत्व पनि त्यहि तहमा हुनुपर्ने बताए । ‘तर सेलिब्रेटीहरु व्यस्त भएर हो वा प्रतिष्पर्धामा उत्रिन नचाहेर वा कोही पनि अगाडि बढ्न नचाहेर हो, उहाँहरु अध्यक्षमा उठ्न आउनु भएन, जसकारण म आफैले उम्मेद्वारी दिनु बाध्यता प¥यो ।’उनले भने ।

संघमा आएका अघिल्ला नेतृत्वले संघलाई गरिब बनाएकोमा आक्रोश पोख्दै आफुले कम्तीमा चार कोठाको घर बनाउने धनराशी व्यवस्था गर्न सक्ने दाबी गरे । उनको प्रतिद्वन्द्वी रामकेशर बोगटीप्रति इंगित गर्दै सरकारी जागिर खानेले संघ संस्था चलाउन नसक्ने भन्दै व्यंग्य गरे । ‘सरकारी जागिर खानेले १० देखि ५ को समयमा आफ्नै कार्यालयमा बिताउनु पर्छ, त्यस्तो मान्छेले कसरी संस्था चलाउन सक्छ,’ उनले भने,‘म नेपाल टेलिभिजनको महाप्रबन्धकबाट रिटायर्ड भएको मान्छे हुँ, मलाई संस्था कसरी चलाउनु पर्छ भन्ने कुरा सबै थाहा छ, संस्थालाई आर्थिक रुपले कसरी सबल बनाउन सकिन्छ भनेर मसँग विभिन्न योजना छन् त्यसलाई पुरा गर्न म अध्यक्षमा उठ्न लागेको हुँ ।’ संग्रौला चार दशकदेखि कलाकारितामा सक्रिय छन् ।

Laya Sangraulaउनले आफु बिक्न छाडेपछि संस्था चलाउन आएको खुलाए । ‘बलिउडमा मिथुन चक्रवर्ती बिक्न छाडेपछि संस्थाको नेतृत्व गर्न अघि सरें, म पनि अहिले बिक्न छाँडे अनि संघमा नेतृत्व गर्न आउँदैछु ।’ उनले भने ।

SUBSCRIBE 👉