विशालले गायिकालाई नै फकाएपछि


काठमाडौं । तीनजना युवतीले एउटै युवकलाई मन पराईरहँदा ती युवक चाहिँ अर्कै केटीलाई फकाएर मायालु बनाएपछि ती युवतीको हालत के होला ? गायिका तायाहाङ्मा राईको नयाँ गीत ‘कोइ छ’को म्युजिक भिडियो हेर्दा सबै कुरा प्रष्ट हुन्छ ।

Bishal Raiनितिन चन्दले निर्देशन गरेको यो म्युजिक भिडियोमा रंग पत्रकार विशाल राईसँग मोडलहरु एलिसा राई, सुमन र त्रिप्ताले रोमान्स गरेका छन् । गायिका राईले समेत फिचरिङ गरेको भिडियोको अन्त्यमा राईले तीन मोडललाई छाडि गायिकालाई नै आफ्नो बनाउँछन् ।

गायिका राई पछिल्लो समय दास्रो एल्बम ‘तराना’ लिएर केही समय अगाडी दर्शकमाझ आएकी थिइन् । यु आर स्टाइल इन्टरटेन्मेन्ट टिमले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन् भने नन्दा अधिकारीको मेकअप रहेको छ । म्युजिक भिडियोमा नमित चन्दले एसिस्टेन डाइरेक्सन गरेका थिए ।

SUBSCRIBE 👉