सोलो एल्बमको तयारीमा शेखर


shekhar-wagle

Shekhar Wagle

ग्ल्यामर नेपाल, काठमाडौं । शेखर वाग्ले नेपाली सांगीतिक दुनिँयामा परिचित हुँदै गरेको नाम हो। विराटनगरका स्थायीवासी शेखर केही समयदेखि लण्डनमा बसेर पढाई र संगीतलाई एकसाथ अगाडि बढाइरहेका छन्। युट्युबमा उनका गीतहरु निकै हिट छन्। लण्डन गएको दुई वर्षमा उनले ५ वटा म्युजिक भिडियो तयार पारिसकेका छन्। धेरै कन्सर्टहरुमा पर्फम गरिसकेका छन्। यसरी पछिल्लो पुस्ताको मनमा सजिरहेका गायक शेखर सोलो एल्बमको तयारीमा लागेका छन्। एल्बमकै तयारीका लागि उनी हालै स्वदेश फर्किएका छन्। एल्बमको नाम पनि जुराइसकेका छन्, कन्भरसेसन।

‘धेरै गीतहरु गाईयो, भिडियो पनि बनाइयो तर एल्बमको छुट्टै महत्व रहेछ,’ ग्ल्यामर नेपालसँगको कुराकानीमा शेखरले भने, ‘त्यसैले सकेसम्म मिहनेत गरेर एल्बम तयार पारिरहेको छु।’ एल्बमका गीतहरुमा भेराइटी दिने प्रयास गरिरहेको उनको भनाई छ। ‘सबैखालका दर्शक/श्रौतालाई मन परोस् भनेर मेलोडी, पप, हिपअप जनराका गीतहरु समेट्ने प्रयास गरिरहेको छ,’ उनले भने। युट्युब तथा कन्सर्टहरुमा आफ्नो गीत रुचाइसकिएकोले एल्बम सफल हुनेमा उनी ढुक्क देखिएका छन्।

उनको पछिल्लो गीत ‘धनी बाउको एक्लो छोरो’को भिडियो युट्युबमा हिट भइरहेको छ। आठ कक्षा पढ्दादेखि संगीत साधना र सिर्जनामा लागेको शेखर बताउँछन्। संगीत साधनालाई अझ सक्रिय रुपमा अगाडि बढाउने योजनामा छन्।

SUBSCRIBE 👉