कलाकार संघमा विशालको पनि अध्यक्षमा उम्मेद्वारी


काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आगामी भदौ २३ गते हुन लागेको नयाँ कार्यसमितिको निर्वाचनका लागि कलाकार विशाल विष्टले पनि उम्मेद्वारी दिएका छन् । अध्यक्ष पदकै लागि यसअघि दुई कलाकार लय संग्रौला र रामकेशर बोगटीले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
Bishal Bistaबुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विशालले सबै पेशाकर्मीलाई गोलबद्ध गराएर संगठन बलियो बनाई उद्योग समृद्ध बनाउन आफु तयार भएको जनाउँदै आफ्ना एजेण्डामा समर्थन जनाउँदै मतदाताले आफुलाई अध्यक्ष पदमा जिताउने दाबी गरे ।

उनले कलाकारका लागि दुर्घटना विमा, अन्तर्राष्ट्रियस्तरको अभिनय कार्यशाला, वरिष्ठ कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहनलगायतका एजेण्डा प्रस्तुत गरेका छन् । उनले अग्रज कलाकारको विशेष सक्रियता र सहभागिताबाट सांस्कृतिक कार्यक्रम गरी पाँच लाख रुपैंयाको नवकलाकार कोष खडा गर्ने, अन्तर्राष्ट्रिय कलाकारलाई नेपाल ल्याएर अन्तरक्रिया गर्नेलगायतका एजेण्डासहित अध्यक्ष पदमा उठ्न लागेको बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय र कलाकार दिनेश शर्माले आफुहरु पनि संघको मतदाता भएकाले विशालको सफलताको कामना गरे ।

SUBSCRIBE 👉