ज्योतिको ढाडे बिरालोमा प्रतिष्ठानको ध्यानाकर्षण


काठमाडौं । गायिका ज्योति मगरले मोडलिङ गरेको भिडियो ‘ढाडे बिरालो’का बारे सर्वत्र चर्चा र विरोध भईरहेको बेला लोक तथा दोहोरी गीत प्रतिष्ठानले गीत नकारात्मक धारमा रहेको औल्याउँदा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गायिका श्रीदेवी देवकोटा र गायक प्रकाश कटुवालले गाएको गीतको भिडियोमा भद्रगोल टेलिसिरियलका बले र कक्रोजले पनि अभिनय गरेका छन् ।
Jyoti Magarप्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा र महासचिव रमेश बिजीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा वर्तमान अवस्थामा नेपाली मौलिक लोक गीत संगीतका क्षेत्रमा मौलाउँदै गएको विकृति, विसंगीततर्फ लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘लोकगीत संगीतलाई सभ्य, भद्र र मर्यादित रुपमा अघि बढाउनु पर्दछ भन्ने मूल्य र मान्यता बोकेको प्रतिष्ठानको तर्फबाट यस क्षेत्रसँग सम्बद्ध पक्ष–गायक, गायिका, सर्जक, निर्माण, संगीतकार, निर्देशक आदि सबैमा नेपालीहरुको परम्परा र पहिचान बोकेको सामाजिक एकता र सद्घावको आधारशिलाको रुपमा रहेको लोकगीत संगीतलाई सामाजिक मूल्य मान्यता, विधि विधान, शिष्टता र मर्यादा विपरीत हुने गरी उत्पादन र सार्वजनिक नगर्न अनुरोध छ ।’ विज्ञप्तिमा भनिएको छ ।

ग्ल्यामर नेपाल मा ज्योति मगर को हट तस्विरहरु हेर्नुहोस् – Click Here

ज्योति मगरको हट अवतार भिडियो हेर्नुहोस् – – Click Here

प्रतिष्ठानले कसैले पनि सामाजिक मर्यादामा आँच आउने शब्दहरु भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतहरुमा समाजले पचाउन नसक्ने अश्लिलता झल्कने अभिनय नगर्न नगराउन सचेत गराएको उल्लेख गरेको छ । प्रतिष्ठानले संचारमाध्यममा सार्वजनिक भइसकेका भद्धा र अमर्यादित लाग्ने गीतहरुलाई बढावा नदिन र प्रोत्साहित नगर्न पनि आग्रह गरेको छ ।

प्रतिष्ठानले निकट भविष्यमा गीतसंगीत क्षेत्रका विद्धान, अनुभवी र अग्रजहरुको उपस्थितिमा लोकगीत संगीतका क्षेत्रमा बृहत छलफल र अन्तरक्रिया गर्न ‘गीत संगीतको वर्तमान अवस्था र हाम्रो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न गइरहेको पनि जनाएको छ ।

SUBSCRIBE 👉