पत्रकार अनिल बने गीतकार


काठमाडौं । केही वर्षदेखि रंग पत्रकारितामा सक्रिय पत्रकार अनिल यादव अब गीतकारका रुपमा श्रोतामाझ आउँदैछन् । उनले लेखेको गीत ‘लामो कालो केश तिम्रो छोइदिउ जस्तो लाग्छ,पलपलको दुःखमा तिम्रो रोइदिउ जस्तो लाग्छ’को राजधानीमा रेकर्डिङ गरिएको छ ।
Anil Yadavराजधानीको अनामनगरमा रहेको गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा गायक पुष्कर सुनुवारले स्वर भरेका छन् । खेम विश्वकर्माले संगीत भरेको गीतमा पुष्कर आफैले म्यूजिक एरेन्ज गरेका छन् ।

‘यो मैले लेखेको पहिलो गजल हो’, गजल लेखनमा रुची राख्ने पत्रकार यादवले भने, ‘गजल श्रृंगारिक छ । गायक, संगीतकार र एरेन्जरले शब्दलाई झन सुन्दर बनाइदिने कोशिस गर्नुभएको छ ।’ एकसाताभित्र गीतको अडियो रिलिज गर्ने र केही समयभित्रै भिडियो तयार भइसक्ने पनि उनले जानकारी दिए ।

SUBSCRIBE 👉